एनएमबी बैंकद्वारा मधुमल्ला अस्पताललाई सरसफाइ व्यवस्थापन सामग्री सहयोग
-
NayaNaya Khabar
- 4 दिन अगाडि
मधुमल्ला/मोरङ । मिक्लाजुङ गाउँपालिका–९ मा रहेको एनएमबी बैंक मधुमल्ला शाखाले मधुमल्ला अस्पताललाई सरसफाइ तथा फोहोर व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले फोहोरदानी (डस्टबिन) सामग्री सहयोग गरेको छ।
बुधबार अस्पताल परिसरमा आयोजित एक कार्यक्रमबीच बैंकले अस्पताललाई ३० थान फोहोरदानी हस्तान्तरण गरेको हो। अस्पतालमा फोहोर व्यवस्थापनलाई व्यवस्थित बनाउन आवश्यक सामग्री सहयोग गरिएको एनएमबी बैंक मधुमल्ला शाखा प्रमुख प्रमिला राईले बताउनुभयो।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत अस्पताललाई उक्त सामग्री सहयोग गरेको जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबीकुमार राईले अस्पताललाई सरसफाइ व्यवस्थापन सामग्री सहयोग गरेकोमा एनएमबी बैंक परिवारलाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले अस्पतालको सरसफाइ तथा फोहोर व्यवस्थापनमा यस सहयोगले महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो।
सामग्री हस्तान्तरण कार्यक्रममा एनएमबी बैंकका क्षेत्रीय प्रमुख राजु निरौला, मिक्लाजुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजिन्द्र गौतम, मधुमल्ला अस्पतालका प्रमुख डा. आशिष पाख्रिन तामाङ लगायत अस्पताल परिवारको उपस्थिति रहेको थियो।
-
-
-
-
-
मिक्लाजुङका किसानहरूको कर वृद्धिविरुद्ध सशक्त आन्दोलनको...
-
वडा नं. २ द्धारा तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता २०...
-
Porro odio laborum Culpa consequatur Et nulla iste hic...
-
निर्मला हत्या प्रकरणकाे अनुसन्धान गर्न पाँच सदस्यीय छान...
-
जनकल्याण बचत तथा ऋण सहकारी सस्थाको अध्यक्षामा बोहोरा
-
वडा नं. ७ बिजयी
-
महिलाहरुका लागि सेनिटरी प्याड बनाउने तालिम सम्पन्न
-
उर्लाबारीमा सफारीलाई ठक्कर दिई भगेकाे स्काेरपियाे मधुमल...
-
मिक्लाजुङमा वार्षिक योजना तर्जुमाका लागि सुझाब संकलन