उर्लाबारीमा सफारीलाई ठक्कर दिई भगेकाे स्काेरपियाे मधुमल्लामा पक्राउ
-
NayaNaya Khabar
- 1305 दिन अगाडि
उर्लाबारी चाेकमा सफारीलाई ठक्कर दिई भागेकाे स्कोरपियाे मधुमल्लामा पक्राउ परेकाे छ। शनिबार साँझ करिव ७:१० बजे उर्लाबारी चाेकमा एक सफारीलाई ठक्कर दिई मधुमल्लातर्फ भागेकाे प्रदेश ३-०१ ०२२च ६८४५ नम्बरको स्कोरपियाे चालकलाई ईलाका प्रहरी कार्यालय मधुमल्लाले नियन्त्रणमा लिएकाे छ ।
ईप्रका मधुमल्लाका प्रमुख डिबि सुनुवारकाे नेतृत्वमा रहेकाे टाेलीले मधुमल्ला स्थित मावाखोला पुलबाट उक्त स्करोपियाे नियन्त्रणमा लिएकाे ईप्रका मधुमल्लाका प्रमुख प्रहरी नायव निरिक्षक सुनुवारले बताए ।
प्रहरीले नियन्त्रणमा लिएको स्कोरपियो चालकलाई मधुमल्ला अस्पतालमा उपचार भईरहेकाे जनाएको छ । उनले मदिरा सेवन गरेर सवारी चलाएकाे बताईएकाे छ ।
यता दुर्घटनाबाट घाईते भएका पथरीशनिश्चरे १० का २५ वर्षिय सफारी चालक सुजन उराऊ सहित सफारीमा सवार अन्य ६ जना यात्रुहरुको बिर्तामोड स्थित वि.एण्ड.सी. अस्पतालमा उपचार भईरहेको छ । घाईतेमध्ये सफारी चालक उराऊको अवस्था गम्भिर रहेको बताईएको छ ।
-
-
-
-
-
जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २६ औं वार्षिक साधार...
-
विद्यार्थी तथा विद्यालय प्रोतसाहन तथा सम्मान कार्यक्रम...
-
उर्लाबारी क्याम्पस, स्ववियु निर्वाचनः सभापतिमा कार्की र...
-
श्री अन्तु भन्दा कम छैन, झुल्के घाम हेर्न जाउँ बतासे डा...
-
मिक्लाजुङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता को पाँचौं...
-
दमकको हत्याकाण्डका मुख्य आरोपीसहित ११ जना पक्राउ
-
दुइ महिना अवधीको फुटबल खेल प्रशिक्षण शुरु
-
जङ्गल कटान गर्ने सहमति नजुट्दै जग्गाधनीद्वारा रोक
-
दुई वर्षदेखि फरार प्रतिवादी लागूऔषधसहित पक्राउ