विद्यार्थी तथा विद्यालय प्रोतसाहन तथा सम्मान कार्यक्रम सम्पन्न
-
NayaNaya Khabar
- 295 दिन अगाडि
मिक्लाजुङ गाउँपालिकाले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (SEE) तथा राष्ट्रिय परीक्षा बोर्डबाट संचालित कक्षा १२ को परीक्षामा उत्कृष्ठ नतिजा हाँसिल गर्ने विभिन्न विद्यालयका २६ जना विद्यार्थीलाई प्रशंसा पत्र तथा नगद पुरस्कार सहित सम्मान तथा प्रोत्साहन गरेको छ ।
आज साउन २८ गते श्री मनोहरजनता मा.वि. मधुमल्लामा आयोजना गरिएको कार्यक्रममा मिक्लाजुङ गाउँपालिकामा रहेका ७ वटा सामुदायिक र ६ वटा संस्थागत विद्यालयहरूबाट २०८१ सालको SEE परीक्षामा सर्वोत्कृष्ठ नतिजा हाँसिल गर्ने प्राविधिक धार सिभिल इन्जिनियरिङ तथा साधारण शिक्षा तर्फका १३ जना विद्यार्थी र कक्षा १२ को परीक्षामा सहभागी ४ विद्यालयका प्राविधिक धार, मुल विषय विज्ञान, शिक्षा तथा व्यवस्थापन तर्फका विद्यार्थीहरूलाई छुट्टा छुट्टै पुरस्कृत गरिएको थियो ।
यसै गरी २०८१ सालको SEE परीक्षामा सहभागी भएका ४२ जना विद्यार्थीहरू सबै उत्तीर्ण गरी १००% नतिजा हाँसिल गर्न सफल श्री टाँडी मा.वि. रमितेखोला तथा कक्षा १२ को परीक्षामा विज्ञान मुल विषय तर्फ सत प्रतिशत नतिजा हाँसिल गरेको श्री भगवती मा.वि. मधुमल्ला र प्राविधिक धार तर्फ सत प्रतिशत नतिजा हाँसिल गरेको श्री कालिका सामुदायिक मा.वि. टाँडीलाई समेत यसै कार्यक्रममा प्रशंसा पत्र सहित सम्मानीत गरिएको छ । यि दुवै विद्यालयबाट ३७।३७ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष श्री बबिकुमार राईले उच्च GPA हाँसिल गर्ने विद्यार्थी तथा सत प्रतिशत नतिजा ल्याउन सफल विद्यालयहरूले गाउँपालिकाको शिर उच्च बनाएकोमा सबैलाई धन्यबाद दिँदै सफल विद्यार्थीहरूको उच्च शिक्षाका लागि समेत गाउँपालिकाले सहयोग गरिरहेको र गरिरहने जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा उपाध्यक्ष श्री दिनेश पौडेलले शिक्षक विद्यार्थीको मनोबल उच्च राख्न गाउँपालिका लागि रहने र नतिजाका आधारमा प्रोत्साहन तथा सम्मान गर्दै विद्यालय शिक्षाको सुधार र विकासका लागि लागि रहेने बताउनुभयो। 
मिक्लाजुङ गाउँपालिकाले शिक्षा क्षेत्रको विकासका लागि गर्दै आएका विभिन्न कार्यहरू मध्ये शिक्षक, विद्यार्थी तथा विद्यालयलाई प्रोत्साहन तथा सम्मानको कार्यक्रम विगत वर्षदेखि गर्दै आएको र यो कार्यक्रमले आगामी दिनमा समेत निरन्तरता पाउने शिक्षा प्रमुख श्री काशिनाथ खनालले बताउनुभयो।
-
-
-
-
-
मिक्लाजुङ गाउँपालिकामा माघी पर्वको अवसरमा विविध कार्यक्...
-
विद्यार्थी तथा विद्यालय प्रोतसाहन तथा सम्मान कार्यक्रम...
-
मिक्लाजुङमा दुईदिवसीय बाल अधिकार र बालमैत्री वडा घोषणा...
-
कर्मचारीहरुको मैत्री पुर्ण खेलामा मिक्लाजुङ बिजयी
-
मिक्लाजुङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता को पाँचौं...
-
महिलाहरुका लागि सेनिटरी प्याड बनाउने तालिम सम्पन्न
-
निःशुल्क माटो परिक्षण शिविर सम्पन्न
-
उर्लाबारी क्याम्पस, स्ववियु निर्वाचनः सभापतिमा कार्की र...
-
मिक्लाजुङमा ७९ करोड बढीको बजेट सार्वजनिक, शिक्षा र पूर्...