दुई वर्षदेखि फरार प्रतिवादी लागूऔषधसहित पक्राउ
-
NayaNaya Khabar
- 1452 दिन अगाडि
लमजुङ प्रहरीले लागूऔषधसहित एक फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोर्दी गाउँपालिका–५ पाचोकका रोल्के भन्ने डिलराज गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए ।
चोरी मुद्दामा दुई वर्ष अगाडि फरार रहेका २९ वर्षीय गुरुङलाई प्रहरीले सुन्दरबजार नगरपालिका वडा नम्बर ९ भोटेओडारस्थित नयाँ बजारबाट पक्राउ गरेको हो । लागूऔषध गाँजा लिई हिँडेको भन्ने विशेष सुराकको आधारमा इलाका प्रहरी कार्यालय भोटेवडारबाट खटिएको प्रहरी टोलीले गुरुङलाई पक्राउ गरेको हो । सुन्दरबजार–९ धारापानीमा बस्दै आएका गुरुङको साथबाट प्रहरीले १० वटा पोका पारी राखेको ५ सय १५ ग्राम गाँजा बरामद गरेको छ । 

-
-
-
-
-
झापा सैनिक बजारमा बैशाख ९ बाट महिला गोल्डकप संचालन हुँद...
-
मापदण्ड अनुसार कालोपत्रे नभएको पुर्ववडाध्यक्षको दाबि
-
उपाध्यक्ष संग जेष्ठ नागरीक स्वास्थ्य कार्यक्रम सम्पन्न
-
वडा नं. ७ बिजयी
-
साहारा नेपाल साकोसले ग¥यो ४ लाख ८५ हजार सहयोग
-
मिक्लाजुङ गाउँपालिकाले प्राकृतिक विपद्का पीडितका लागि ७...
-
अन्याय भएको भन्दै देशभरका लेखा अधिकृतहरुले मन्त्रीलाई ब...
-
दाउले हानेर काकाको हत्या
-
युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बु नियुक्त