भारी वर्षाका कारण उर्लाबारी क्षेत्र भएर बग्ने खोलानालामा बाढी आएको छ ।
-
NayaNaya Khabar
- 805 दिन अगाडि
गएराती भएको चट्याङ्सहित मुसलधारे वर्षाले उर्लाबारीलगायत पूर्वका विभिन्न क्षेत्रहरुको जनजीवन प्रभावित भएको छ । यस्तै ढल निकास व्यवस्थित हुन नसक्दा र खाल्डाखुल्डी साथै अव्यवस्थित सहरीकरणले उर्लाबारीलाई पनि असर पुगेको छ ।
कोशी प्रदेशको पूर्व क्षेत्र हुदै नेपाल भित्रिएको मनसुनको प्रभाव सुस्त गतिमा देखिएकोले सो क्षेत्रमा अझै एक सातासम्म यसको प्रभाव देखिने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
वर्षातको कारण बक्राह नुनसरि र मावा खोलामा बाढी आएको छ ।
वर्षात् अझै लम्बिनेभएसँगै सो क्षेत्र आसपास बसोबास गर्ने जनसमुदायहरुमा सतर्कता अपनाउन हार्दिक अनुरोध गर्दछौँ । यसका साथै सडकका खाल्डाखुल्डी र कुलो,पैनीहरुमा समेत पानी जमेकोले आफ्ना बालबालिका र जेष्ठ नागरिकहरुलाई विशेष ध्यान दिन आग्रह गर्दछौँ ।
तस्विरमा: मंगलबार बिहान बक्राह नुनसरि खोलामा बाढीको अवस्था
-
-
-
-
-
खाडीमा भेटौँला!
-
भगवती मावीको चौथो खाना महोत्सव सम्पन्न
-
वडा नं. ६अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनलमा
-
एमाले कोशी प्रदेश अध्यक्ष खतिवडा भन्छन्, ‘इमान र निष्ठा...
-
मोरङ को मिक्लाजुङम पनि आजदेखि हातिपाईले रोगविरुद्ध औषध...
-
मुगुको सदरमुकाम गमगढी बजारमा आगलागी
-
पथरीमा भीम पौडेलको दादागिरी : शौचालयको मलमुत्र जनताको न...
-
पत्रकारिताको दायित्वसँगै मानव सेवा कार्य गर्दै आएका छन्...
-
बारको राष्ट्रिय सम्मेलन स्थगन