वडा नं. ६अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनलमा
-
NayaNaya Khabar
- 1125 दिन अगाडि
किशाेर निराैला
मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिकामा सञ्चालन भईरहेको तेस्रो अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिताको आइतबारको दोस्रोे सेमीफाइनल खेलमा वडा नं. ३ लाई १–० को अन्तरले हराउँदै वडा नं. ६ तेस्रो अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८० को फाइनलमा प्रवेश गरेको छ ।
आइतबारको खेल सुरवाती चरण बाट नै निक्कै आक्रमक र रोमान्चक बनेको थियो । खेलको पहिलो हाफमा मिक्लाजुङ गउँपालिका वडा नं. ६ का जर्सी नंं.११ का राजेन्द्र मगरले आक्रर्ष हेड मार्फत गोल गर्दै वडा नं. ६ लाई १–० ले अग्र्रता दिलाए । पहिलो हाफमा वडा नं. ३ ले केही राम्रा अवसरहरु पाए पनि बलले जाली चुम्न सकेन ।
मध्यान्तर पछिको खेलमा वडा नं. ३ ले केही राम्रा अवसरहरु पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन । एक गोल गरे संगै रक्षात्मक रुपमा खेल खेलको वडा नं. ६ ले मध्यान्तर पछीको खेलमा केहि उत्कृष्ठ अवसरहरु पाए पनि स्कोर गर्न सकेन । आइतबराको खेलमा म्यान अफ द म्याच वडा नं. ६ का जर्सी नंं. ११ राजेन्द्र मगर घोषित भए । आइतबारको खेल हेर्न मिक्लाजुङ गाउँपालिका अध्यक्ष बकिुमार राई वडाध्यक्षहरु पर्बत राई शुशिलराज चौहान, अर्पण श्रेष्ठ, सन्तोष मगर, खडी मगर शेमन्तराज दाहाल , पुर्ण बहादुर कुवंर (प्रवेश)को खेल मैदानमा उपस्थिती रहेको थियो । बैशाख २६ गते हुने फाइनल खेल मिक्लाजुङ गाउँपालिका वडा नं. २ र वडा नं. ६ बिच हुनेछ । प्रतियोगितामा प्रथम र द्धितिय स्थान हाँशिल गर्नेले क्रमश एक लाख एक हजार , ५१ हजार , ट्रफी मेडल, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन ।
मंगलबार हुने फाइनल खेल मध्यान्ह् २ बजे बाट मनोहर जनता मावी खेल मैदान मिक्लाजुङ ७, मधुमल्लामा हुने छ ।
-
-
-
-
-
अन्याय भएको भन्दै देशभरका लेखा अधिकृतहरुले मन्त्रीलाई ब...
-
दुइ महिना अवधीको फुटबल खेल प्रशिक्षण शुरु
-
३ महिने प्लम्बिङ तालिम सम्पन्न
-
ईलामले चुलाचुली अस्पताल सञ्चालन सहयोगार्थ समावेशी श्रीम...
-
मोरङ छेत्र न १ का माननीय डिग बाहदुर लिम्बुले आज मिक्लाज...
-
मोरङ को मिक्लाजुङम पनि आजदेखि हातिपाईले रोगविरुद्ध औषध...
-
कर शिक्षा तालिम सञ्चालन हुने
-
दुई वर्षदेखि फरार प्रतिवादी लागूऔषधसहित पक्राउ
-
प्रयोगशाला सेवा शुभारम्भ तथा स्वास्थ्य शिबिर सम्पन्न