वडा नं. ३ सेमीफानलमा
-
NayaNaya Khabar
- 1216 दिन अगाडि
मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिकमा जारी तेस्रो अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिता अन्र्तगत बुधबारको खेलमा वडा नं. ८ लाई ४–१ को अन्तरले हराउँदै वडा नं. ३ अध्यक्ष कप फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । बुधबारको खेलमा सुरुवाती चरणमा निक्कै आक्रमक बनेको थियो । निक्कै आक्रमक रुपमा चलेको पहिलो हाफमा वडा नं. ३ का लागी जर्सी नं. १० का पारस मगरले पहिलो गोल गर्दै खेललाई १–० ले अग्रता दिलाए । मध्यान्तर अघीको वडा नं. ८ ले केही राम्रा अवसरहरु पाए पनी बलले जाली चुम्न सकेन ।
म्ध्यातर पछिको खेलमा वडा नं. ३ ले वडा नं. ८ लाई एकहोरो दबाब दीएर खेल खेल्यो मध्यान्तर पछीको खेलमा वडा नं. ३ का लागी जर्सी नं. ७ का पारस लिम्बुले २ गोल र जर्सी नं. ९ का विजय मगरले एक गोल गरे भने । वडा नं. ८ का टिम क्याप्टेन जर्सी नं. १० का मौशम लिम्बुले १ सान्त्वना गोल फर्काए । बुधबारको खेलमा म्यान अफ द म्याच वडा नं. ३ का जर्सीन ७ पारश लिम्बु घोषित भए । भोलीको खेल वडा नं. १ र वडा नं. ७ बिच मध्यान्ह् ३ बजे बाट मनोहर जनता मा.वि को खेल मैदानमा हुने खेल आयोजक व्यस्थापन समितिका सचिब इन्द श्रेष्ठले बताउनु भयो ।
-
-
-
-
-
कुल बजेटको ३१ प्रतिशत हिस्सा आन्तरिक स्रोतबाट व्यबस्था...
-
मदन भण्डारी राजमार्ग : बाटोविनै बनाइए ९ वटा पुल: केरा...
-
मेयर खरेल भन्छन् “उर्लाबारीका जनप्रतिनिधी र कर्मचारी कम...
-
मिक्लाजुङ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु
-
कमलद्धार उपाध्यक्ष कपको उपाधिमा कब्जा
-
निर्मला हत्या प्रकरणकाे अनुसन्धान गर्न पाँच सदस्यीय छान...
-
कोशी अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला
-
काँग्रेसमा चरम गुटबन्दी: कोइराला निवासमा देउवा पुग्दा क...
-
मिक्लाजुङमा जग्गा धनी प्रमाण पुर्जा दोस्रो पटक वितरण