मिक्लाजुङ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु
-
NayaNaya Khabar
- 1291 दिन अगाडि
किशाेर निराैला
मधुमल्ला ÷ मोरङको मिक्लाजुङ गाउँपालिकामा शनिबार बाट तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ शुरु भएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन अतिथिहरू लाई दौड गराएर गरिएको थियो । साथै मिक्लाजुङ गाउँपालिका क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयहरूले मार्च पास गरेका थिए । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतीथि मोरङ क्षेत्र नं. १ का संघीय संसद् डिक बहादुर लिम्बुले स्वास्थ्यका लागि खेल अति महत्वपूर्ण भएको र त्यसमा पनि विद्यालय स्तरमा अध्ययनरत विद्यार्थीहरूको चौतर्फी विकासका लागि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले मुख्य भूमिका खेल्ने बताउनु भयो । साथै मिक्लाजुङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सभ्य र भव्य रुपमा सम्पन होस भन्ने शुभकामना व्यक्त गर्नु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका सभापति मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबी कुमार राईले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीले विद्यालय स्तरमा अध्ययन गर्ने विद्यार्थीहरूका लागी विभिन्न विद्यामा प्रतिभा प्रष्फुटन गराउने एउटा सुनौलो अवसर भएको र यसलाई निरन्तर अगाडि बढाउदै जाने बताउनु भयो ।
कार्यक्रममा मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष दिनेश पौडेलले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रमलाई नेकपा माओवादी केन्द्रका मिक्लाजुङ अध्यक्ष उमेश राई, नेपाली कांग्रेस मिक्लाजुङ सभापति खगेन्द्र मादेन, मिक्लाजुङ गाउँपालिका वडा नं. १ का वडाध्यक्ष पर्वत राई , मिक्लाजुङ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डम्बरू बल्लभ बरालले शुभकामना मन्तव्य राख्नु भएको थियो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन ६ गते बाट ८ गते सम्म सञ्चालक हुने छ ।
-
-
-
-
-
भुकम्प प्रभावितलाई मिक्लाजुङ गाउँपालिकाको सहयोग
-
वडा नं. ६ अध्यक्ष कप पुटबल प्रतियोगिताको सेमीफाइनलमा
-
मोरङ–१ मा काँग्रेसको रणनीतिक परिवर्तन — प्रदेश सह–महामन...
-
भूमिहीनको हकमाथि राजनीति
-
कोशी प्रदेशका ५ हजार ३९३ विद्यालय बन्द,
-
चुरेफेदी महिला साकोसको चोरी रहस्यमय
-
देवकोटा मा.वी मा विद्यालय व्यवस्थापन समिति गठन
-
मिक्लाजुङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता को पाँचौं...
-
मुटु रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न