मोरङ को मिक्लाजुङम पनि आजदेखि हातिपाईले रोगविरुद्ध औषधि सेवन अभियान सुरु
-
NayaNaya Khabar
- 1286 दिन अगाडि
मधुमल्ला मोरङ्को मिक्लाजुङ गाउँपालिकामा पनि आजदेखि हात्तीपाइले रोगविरुद्ध औषधि सेवन अभियान सुरु भएको छ । गाउँपालिका अध्यक्ष बबि कुमार राई उपाध्यक्ष दिनेस पाैडेल प्रमुख प्रशासकिय अधिकृत डम्बरु बल्लब बराल लगायतले औषधी सेवन गरेर अभियानको सुरवात गर्नुभएको हो मिक्लाजुङमा ९ वटै वडामा आजदेखी औषधी सेवन अभियान सुरु भएको स्वास्थ्य शाखाका प्रमुख चिन्तामणि पाेखरेलले बताउनु भयो । तालिम प्राप्त स्वास्थ्यकर्मीले पालिका र वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, विद्यालय, धार्मिक स्थल आदिमा बुथ राखी यो औषधी खुवाईनेछ ।
२५ फागुनसम्म मोरङसहित देशका ५ जिल्लामा हात्तीपाइले रोगविरुद्ध औषधी सेवन अभियान सुरु भएको हो ।
२ वर्ष मुनिका बालबालिका, गर्भवती महिला, सिकिस्त बिरामी तथा २४ घण्टा अगाडी ज्वरो आएका व्यक्तिले मात्र औषधि खान नमिल्ने अरू सबैले खान मिल्ने स्वास्थ्य शाखाले जनाएको छ । मोरङमा हरेक वर्ष हात्तीपाइले विरुद्धको अभियान चलाईएपनि अहिलेसम्म औषधि प्रयोगको अवस्था कमजोर देखिएको र हात्ती पाईले रोगका संक्रमितहरू पनि फेला परिरहेकाले १२ औं पटक अभियान सञ्चालन गरिएको हो ।
मोरङमा एक सय १२ जना हात्तीपाइले रोगका बिरामी जनस्वास्थ्य कार्यालयको सम्पर्कमा छन्। हात्तीपाइले रोग विरुद्धको औषधिले अहिलेसम्म कसैलाई कुनै हानि नगरेकोले निर्बाध औषधि सेवन गर्न र यसको प्रचारप्रसार गरी सम्पुर्णले औषधी सेवन गर्नुपर्ने प्रमुख प्रशासकिय अधिकृत बरालले बताउनुभएको छ ।
-
-
-
-
-
एक महीना अवधीकाे होटल म्यानेजमेण्ट तालीम समापन
-
जब ठुलो हुदैगए, आफ्नो वरिपरि भएको असमानता र हिँसालाई बु...
-
बृहत निःशुल्क स्वास्थ्य शिवीर सम्पन्न
-
वडा स्तरीय भलिवल प्रतियोगिताको उपाधि वडा नं. ७ लाई
-
महिलाहरुका लागि सेनिटरी प्याड बनाउने तालिम सम्पन्न
-
उपाध्यक्ष संग जेष्ठ नागरीक स्वास्थ्य कार्यक्रम सम्पन्न
-
दहीमा मिसाएर खानुहोस् यी ४ चिज, तुरुन्त ऊर्जा मिल्छ र थ...
-
मुटु रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
-
मिक्लाजुङको बजेट ७७ करोड ५० लाख ७५ हजार पाँच सय