मिक्लाजुङको कुल बजेट ८१ करोड ६६ लाख मधुमल्ला
-
NayaNaya Khabar
- 1154 दिन अगाडि
किशोर निरौला
मोरङको मिक्लाजुङ गाउँपालिकाको १२ औं गाउँ सभाले आ. ब. ०८० / ०८१ का लागी कुल ८१ करोड ६६ लाख २८ हजार तिन सय रुपैयाँ बराबरको आय व्यय विवरण र आ. व. ०८० / ०८१ का लागि नीति तथा कार्यक्रम पेश सँगै पास गर्दै सम्पन्न भएको छ । बुधबार मिक्लाजुङ गाउँपालिका वडा नं . ९ मा रहेको मधुमल्ला पार्टी प्यालेसमा भएको १२ औं गाउँ सभामा मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष दिनेश पौडेलले आ. ब. ०८० / ०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । नीति तथा कार्यक्रममा उठेका सुझाबहरूमा उपाध्यक्ष पौडेलले उत्तर दिनु भएको थियो । यस्तै दोस्रो सत्रमा आ. ब. ०८० / ०८१ का लागी बिनियोजित बजेट मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष दिनेश पौडेलले पेश गर्नु भएको थियो । बजेट माथि सभा सदस्यहरूले राखेका सुझाबहरूमा उपाध्यक्ष पौडेलले उत्तर दिँदै आ. ब. ०८० / ०८१ को बजेट पास भएको हो ।आगामी आर्थिक वर्षको कुल बजेट ८१ करोड ६६ लाख २८ हजार तिन सय मध्ये चालु खर्च ४२ करोड ५ लाख ६३ हजार ५७४ र पुँजीगत तर्फ ३९ करोड ६० लाख ६४ हजार ७२६ रुपैयाँ बिनियोजन गरेको छ । आर्थिक वर्षका लागि बजेट निर्माण गर्दा उत्पादनमूलक तथा छिटो प्रतिफल प्राप्त गर्ने कृषि, स्वास्थ्य शिक्षा क्षेत्रको गुणस्तर सुधार, पिछडिएको बर्ग र क्षेत्रको सामाजिक तथा आर्थिक रूपान्तरण, वातावरण संरक्षण तथा प्रकोप व्यवस्थापन, सामाजिक सुरक्षा र युवा महिला तथा नाबालिकाको क्षमता विकासलाई प्राथमिकता दिइएको छ । बुधबार भएको मिक्लाजुङ गाउँपालिकाको १२ औं गाउँ युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुको प्रमुख आतिथ्यता रहेको थियो । मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबी कुमार राईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मिक्लाजुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरु बल्लभ बरालले गर्नु भएको थियो ।
-
-
-
-
-
भगवती मा.वि. मा चौथो खाद्य महोत्सव मिक्लाजुङ
-
दैनिक १८ घन्टा मन्त्रालयमा बसेर काम गर्छुः खेलकुद मन्त्...
-
मधुमल्लामा सदभाव पुर्ण होली सांगितिक कार्यक्रम हुने
-
रास्वपा देशकै ठूलो लोकतान्त्रिक पार्टी बन्छ, यो जनाउ घण...
-
शिक्षकहरु द्धार पालिकमा धर्ना
-
वडा नं. ६अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनलमा
-
मधुमल्लामा राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सव स...
-
विद्यार्थी तथा विद्यालय प्रोतसाहन तथा सम्मान कार्यक्रम...
-
मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिकाले गरिब, बिपन्न तथ...