रास्वपा देशकै ठूलो लोकतान्त्रिक पार्टी बन्छ, यो जनाउ घण्टीमात्रै हो: रवि लामिछाने
-
NayaNaya Khabar
- 1248 दिन अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी देशकै ठूलो पार्टी बन्ने बताएका छन्।
शनिबार बसुन्धरास्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो पार्टी देशको सबैभन्दा ठूलो र देशको सबैभन्दा लोकतान्त्रिक पार्टी भएर चाँडै नै खडा हुने उनले बताए।
यस्तै विज्ञता प्रस्तुत गरौं, मुलुकको सेवा गरौं भन्नेहरूका लागि पार्टीमा ठाउँ राखेको बताए।
‘म कहाँ गएर मेरो विज्ञता प्रस्तुत गरौं, कहाँ गएर यो मुलुकको सेवा गरौं भनेर सोचिरहनुभएका सबैका लागि हामीले ठाउँ राखेका छौं। र म यहाँहरूलाई संकेत मात्रै गर्न चाहन्छु कि कयौं यस्ता क्षमतावान व्यक्तित्वहरू यस पार्टीको माध्यमबाट मुलुकको
सेवा गर्न तयार बस्नुभएको छ,’ उनले भने, ‘निर्वाचनसँगै तपाईंहरूले प्राप्त गर्नुहुनेछ। र यो संकेत हो। कि राष्ट्र स्वतन्त्र पार्टी यो देशको सबैभन्दा ठूलो र देशको सबैभन्दा लोकतान्त्रिक पार्टी भएर चाँडै नै खडा हुन्छ।’
यस्तै यो जनाउ घण्टी मात्रै भएको पनि उनले बताए।
‘यो जनाउ घण्टी मात्रै हो। डा. स्वर्णिम वाग्ले, रमेश खरेलसँगैको यो प्रेस भेटघाट कार्यक्रममार्फत आम नागरिकलाई जानकारी दिने आजको यो कार्यक्रम त्यो आउँदै गरेको हजारौं क्षमतावान मानिसहरू जोडिन आँटेको कुराको जनाउ घण्टी मात्रै हो। सम्पूर्ण होइन,’ उनले भने
यस्तै स्वर्णिम वाग्ले र रमेश खरेललाई हराउन नहुने पनि उनले बताए। वाग्ले तनहुँ क्षेत्र नम्बर १ र खरेल बारा क्षेत्र नम्बर २ बाट उपनिर्वाचन लड्दैछन्। यता सभापति लामिछाने भने चितवन क्षेत्र नम्बर २बाट उपनिर्वाचन लड्न लागेका हुन्।
-
-
-
-
-
चीन पुगे प्रधानमन्त्री दाहाल
-
हेल्लो नेता जी
-
मिक्लाजुङ गाउँपालिकाको दास्रो गाउँसभा तथा ११ औं अधिवेशन...
-
गर्भवती र सुत्केरी महिलाहरुलाई पौष्टिक कोशेली
-
समाजसेबामा अब्बल अजय अग्रबाल
-
Laboriosam facilis cumque fugiat saepe
-
मिक्लाजुङमा वार्षिक योजना तर्जुमाका लागि सुझाब संकलन
-
समृद्धिको पथ मिक्लाजुङ गाउँपालिका
-
चुरेफेदी महिला साकोसको चोरी रहस्यमय