मिक्लाजुङ गाउँपालिकामा SEE २०८० का उत्कृष्ट विद्यार्थीहरूको सम्मान कार्यक्रम सम्पन्न
-
NayaNaya Khabar
- 786 दिन अगाडि
मोरङ, असार २४ गते / मिक्लाजुङ गाउँपालिकाले सोमबार एक विशेष कार्यक्रमको आयोजना गरी माध्यमिक शिक्षा परीक्षा (SEE) २०८० मा उच्च अंक प्राप्त गर्ने २२ विद्यार्थीलाई सम्मान गरेको छ। यस सम्मान कार्यक्रममा विद्यार्थीहरूको अभिभावकहरू समेत सहभागी थिए। कार्यक्रमले निजी तथा सामुदायिक विद्यालयका उत्कृष्ट विद्यार्थीहरूलाई नगद पुरस्कार र प्रशंसा पत्र वितरण गरटीएको थियो ।
यस वर्ष, मिक्लाजुङ गाउँपालिकाका ११ जना निजी र ११ जान सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई सम्मानित गरिएको छ। सामुदायिक विद्यालयतर्फ सबैभन्दा राम्रो नतिजा सरस्वती मावि र टाँडी माविले प्राप्त गरेका छन् । निजी विद्यालयतर्फ रिलायन्स मावि र क्लासिकल माविले २ /२ जनाले (ए प्लस ) सहित सतप्रतिशत विद्यार्थी पास गराएका छन्।
कालिका माविले सबैभन्दा धेरै विद्यार्थी पास गराउन सफल भएको छ ।मिक्लाजुङका यस बर्ष एस ई ई मा सहभागी जम्मा ५१० मध्ये २७४ विद्यार्थी पास भएका छन्। जसमा ३.२ जीपीए भन्दा माथि ल्याउने विद्यार्थीहरूको संख्या ८६ रहेको छ । यस्तै ३.३९ भन्दा माथि जीपीए ल्याउने विद्यार्थीहरूको संख्या २२ रहेको छ।
सर्वश्रेष्ठ नतिजा ल्याउने सामुदायिक विद्यालयतर्फ भगवती मावि उत्कृष्ट रहेको छ। यस विद्यालयका आरती दर्नाल र आस्था लिम्बूले क्रमशः प्रथम र द्वितीय र प्रकृती भट्टराई मनोहर जनता मा वीले तृतीय स्थान प्राप्त गरेका छन्। निजी विद्यालयतर्फ रिलायन्सका रिपल गोले, क्लासिकलका विवेक निरौला प्रथम र शिशिर भण्डारीले द्वितीय स्थान प्राप्त गरेका छन्।
कार्यक्रमको प्रमुख उद्देश्य विद्यार्थीहरूलाई प्रोत्साहित गर्नु थियो। कार्यक्रमको स्वागत मन्तव्य मदर मधुमल्लाका प्रिन्सिपल विष्णु कुमारी गुरुङले राख्नुभयो। पालिका अध्यक्ष बबि कुमार राई र उपाध्यक्ष दिनेश पौडेल लगायतले सम्मान वितरण गरे।
क्षिक्षा शाखा प्रमुख काशीनाथ खनालले कक्षा ११/१२ कक्षाको पढाईमा लक्ष्य निर्धारण गरेर विषय रोज्नुपर्ने कुरा बताउनु भयो। यस बर्ष एस ईई मा सहभागी भइ उत्रिण विद्यार्थीहरुलाई लगन र मेहेनतका साथ उच्च शिक्षा अध्ययनका लागी अगाडी बढ्न कालीका मावी का प्रअ मात्रिका प्रसाद न्यौपानेले सुझाब दिनु भयो । मिक्लाजुङ गाउँपालीका उपाध्यक्ष दिनेश पौडेलले मोरङ जिल्लाकै उत्कृष्ट रिजल्ट मिक्लाजुङले निकालेकोमा खुशी व्यक्त गर्दै मेहनतमा कमी नराख्न विद्यार्थीहरुलाई सुझाव दिनुभयो।
सम्मान कर्यक्रमलाई सम्बोधन गर्दै मिक्लाजुङ गाउँ पालिका अध्यक्ष बबि कुमार राईले मिक्लाजुङ सरकारले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर कार्य गरीरहेकाले उत्कृष्ट परिणाम हासिल गर्न सफल भएको बताउनुभयो। उहाँले भविष्यमा पनि यसैगरी विद्यार्थीहरूको मेहनतलाई प्रोत्साहन गर्दै अगाडी बढ्ने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रममा सामुदायिक तथा निजी विद्यालयका प्र अ तथा शिक्षकहरुको उपस्थिती रहेको थियो । यस कार्यक्रमले विद्यार्थीहरूलाई अझै उत्साहित र प्रेरित गरेको कार्यक्रममा सहभागी विद्यार्थीहरुले बताएका थिए ।
-
-
-
-
-
एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी
-
Culpa proident quia reprehenderit sed quis qui distinct...
-
मिक्लाजुङ गाउँपालिकाको दास्रो गाउँसभा तथा ११ औं अधिवेशन...
-
राेजगार तथा मानव बेचबिखन सम्बन्धि १ दिने छलफल सम्प...
-
कोशीमा १५ बर्षिय बालिका बेपत्ता , खोजि कार्य हुँदै
-
रास्वपा देशकै ठूलो लोकतान्त्रिक पार्टी बन्छ, यो जनाउ घण...
-
निःशुल्क माटो परिक्षण शिविर सम्पन्न
-
Laboriosam facilis cumque fugiat saepe
-
लामपाते सिमसारमा सञ्चार क्लबको वार्षिक साधारणसभा सम्पन्...