राष्ट्रिय बाणिज्य बैंककाे ५९ औं वार्षिकाेत्सव
-
NayaNaya Khabar
- 951 दिन अगाडि
मधुमल्ला/ राष्ट्रिय बाणिज्य बैंक ५९ औं वार्षिकउत्सवकाे अवसर पारेर माेरङकाे मिक्लाजुङमा रहेकाे राष्ट्रिय बाणिज्य बैंक मधुमल्ला शाखाले उत्कृष्ट उद्यमी, उत्कृष्ट बचतकर्ता ५ जनालाई सम्मान गरेकाे छ । बुधबार मधुमल्ला शाखामा एक कार्यक्रमकाे अायाेजना गरी सम्मान गरिएकाे थियाे । सम्मानित हुनु हुनेमा कृषि उद्यमी रिना गिरी, प्रकाश बस्नेत, उत्कृष्ट बचतकर्ता जीवन कुमार नेपाल, अमृत कृमार श्रेष्ठ, बबिता कुमारि साहालाई सम्मानित गरिएकाे थियाे । कार्यक्रममा राष्ट्रिय बाणिज्य बैंकले दिँदै आएकाे सेवाहरूकाे बारेमा बैंकका शाखा प्रमुख सागर राजधामीले प्रष्ट पार्नु भएकाे थियोे । कार्यक्रममा बैकंले दिदै आएकाे सेवा र काराेबार गुणस्तरीय र विश्वसनीय भएकाले ऋण काराेबार गर्दा राष्ट्रिय बाणिज्य बैंकबाट गर्दा धेरै सरल र सहुलियत प्राप्त गर्न सफल भएकाे उद्यमी प्रकश बस्नेतले बताउनु भयाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबिकुमार राईले सरकारी स्वामित्वमा रहेकाे जनता प्रति जनउत्तर दायित्व बहन गर्ने बैंक राष्ट्रिय बाणिज्य बैंक भएकाेले यस बैँकमा सेवा लिन सेवाग्राहीलाई सुझाब दिनु भयाे । साथै बाणिज्य बैंकले पनि आफ्नाे सेवालाई सर्बसाधारण नागरिकले महसुस गर्ने प्रकारकाे सेवा प्रवाहकाे वातावरण बनाउन सुझाब दिनु भयाे । 
वार्षिक उत्सव कार्यक्रममा अमृतकुमार श्रेष्ठ, बल्भ काफ्लेले शुभकामना मन्तव्य राख्नु भएकाे थियाे । कार्यक्रम राष्ट्रिय बाणिज्य बैक मधुमल्लाका शाखा प्रमुख सागर राजधामिकाे अध्यक्षतामा सम्पन्न भएको थियोे ।
-
-
-
-
-
समाजसेबामा अब्बल अजय अग्रबाल
-
प्रयोगशाला सेवा शुभारम्भ तथा स्वास्थ्य शिबिर सम्पन्न
-
मिक्लाजुङ गाउँपालिका कृषि शाखाको पकेट कार्यक्रम सन्चलन...
-
झापा सैनिक बजारमा बैशाख ९ बाट महिला गोल्डकप संचालन हुँद...
-
बाटोमा भएका अवरोधहरु हटाइदै
-
भगवती मा.वि. मा चौथो खाद्य महोत्सव मिक्लाजुङ
-
इजरायल आक्रमणमा १० नेपाली मारिएको पुष्टि
-
मिक्लाजुङको कुल बजेट ८१ करोड ६६ लाख मधुमल्ला
-
मिक्लाजुङको बजेट ७७ करोड ५० लाख ७५ हजार पाँच सय