उर्लाबारी आगलागी घटना: कांग्रेस नेता थापाको पहलमा जापानबाट डा. इजुमीको टोली आउने
-
NayaNaya Khabar
- 931 दिन अगाडि
मधुमल्ला, १ मसिर । उर्लाबारी आगलागी घटनाका घाइतेहरुको अवस्थाका बारेमा बुझ्न जापान मेडिकल एसोसियसनका पूर्वअध्यक्षतथा टोकियो इटाबाशी अस्पतालका अध्यक्ष डा. हिरोयुकी इजुमी आउने हुनुभएको छ । नेपाली कांग्रेस महासमिति सदस्य चिरञ्जीवि थापाको पहलमा शनिबार डा. इजुमी आउने हुनुभएको हो । शनिबार साँझ सिनियरडाक्टरसमेत रहनुभएका इजुमीसहितको टोली आइपुग्ने थापाले जानकारी दिनुभएको छ । थापाका अनुसार उर्लाबारी आगलागीघटनाका पीडितहरुको अवस्था बुझ्ने र थप उपचारका लागि समन्वय गरिनेछ । घाइतेहरुको आत्मबल बढाउन पनि जापानबाट डा. इजुमी आउन लाग्नु भएको उहाँको भनाई छ ।
गत कार्तिक २६ गते मोरङको उर्लाबारी–७, बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चार प्रहरीसहित २८जना घाइते भएका थिए । तीमध्ये २५ जनालाई नेपाली सेनाको विमानमार्फत काठमाडौँ ल्याइएको थियो ।
कीर्तिपुर अस्पतालमा उपचाररत उर्लाबारी आगलागी घटनाका घाइतेमध्ये पाँचजनाको आज शल्यक्रिया भएको छ ।
आज शल्यक्रिया गर्नेहरूलाई भने केही दिनपछि डिस्चार्ज गर्न सकिने उनले बताए ।
-
-
-
-
-
वडा नं. ७ बिजयी
-
मेयर खरेल भन्छन् “उर्लाबारीका जनप्रतिनिधी र कर्मचारी कम...
-
दुई वर्षदेखि फरार प्रतिवादी लागूऔषधसहित पक्राउ
-
टिफर व्यवसायीका कारण सास्ती भोग्दै वडा नम्बर ६ का स्थान...
-
श्री अन्तु भन्दा कम छैन, झुल्के घाम हेर्न जाउँ बतासे डा...
-
निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
-
बस्न्यातको रिटमा कारण देखाउ आदेश
-
मिक्लाजुङमा साहित्यक जमघट
-
वडा नं. २ द्धारा तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता २०...