प्रथम मिक्लाजुङ महिला वडा स्तरीय फुटबल प्रतियोगिता हुने
-
NayaNaya Khabar
- 920 दिन अगाडि
असोज २२, मधुमल्ला÷ मोरङ मिक्लाजुङ गाउँपालिकामा विजया दशमी तथा शुभ दिपावलीको शुभ अवसर पारेर प्रथम मिक्लाजुङ महिला वडा स्तरीय फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । तिल्केनी युथ क्लबको आयोजनामा असोज २७ गते देखी सञ्चालन हुने प्रथम मिक्लाजुङ महिला वडा स्तरीय फुटबल प्रतियोगीतमा मिक्लाजुङ गाउँपालिकाको एक वडा एक टिम गरी ९ टिमको सहभागिता रहने तिल्केनी युथ क्लबका अध्यक्ष सरोज राईले बताउनु भयो ।
असोज २७ देखी मिक्लाजुङ गाउँपालिका वडा नं. २ को तिल्केनी खेल मैदानमा हुने फुटबल प्रतियोगिता सञ्चालनका लागि हाल पुर्व तयारीको काम भइ रहेको राईले बताउनु भयो । मिक्लाजुङ गाउँपालीकामा महिला फुटबल खेलाडीहरुलाई लक्षीत गरी वडा स्तरीय रुपमा सञ्चालीत यो पहिलो फुटबल प्रतियोगीता भएको आयोजकको दाबी छ । प्रथम मिक्लाजुङ महिला वडा स्तरीय फुटबल प्रतियोगिताले मिक्लाजुङ गाउँपालिका क्षेत्रमा महिला फुटबल खेलाडीहरुको खेल कौषलमा विकाश हुने तिल्केनी युथ क्लबका सचीब अनिल राईले बताउनु भयो । प्रतियोगितामा प्रथम र द्धीतिय स्थान हाँशिल गर्नेले नगद ३० हजार, १५ हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने खेल आयोजक कमीटीले जनाएको छ ।
-
-
-
-
-
नेमकिपाको गढ भक्तपुर १ः यसपालि कसलाई बनाउला उम्मेदवार ?
-
इजरायल आक्रमणमा १० नेपाली मारिएको पुष्टि
-
कोशि प्रदेश खारेजीको माग गर्दै मोरङको मिक्लाजुङ गाउँपाल...
-
International
-
उपाध्यक्ष संग जेष्ठ नागरीक स्वास्थ्य कार्यक्रम सम्पन्न
-
सबैभन्दा पहिला रिपोर्टर हाे: पत्रकार त्यसैले उबाट टाढा...
-
टिफर व्यवसायीका कारण सास्ती भोग्दै वडा नम्बर ६ का स्थान...
-
जनताको आँगनमै आशा बोकेर पुगेका खड्ग फागोको अभियानले मत...
-
जङ्गल कटान गर्ने सहमति नजुट्दै जग्गाधनीद्वारा रोक