समाजसेबामा अब्बल अजय अग्रबाल
-
NayaNaya Khabar
- 1139 दिन अगाडि
एक जना युवा समाजसेवामा लाग्दा कति परिवर्तन गर्न सकिदो रहेछ भन्ने उदाहरण हुनुहुन्छ झापा दमकका युवा उद्यमी तथा समाजसेबी अजय अग्रवाल । दुलर्भ रक्तसमूहका धनी अग्रबालले असी पटक भन्दा वढि रक्तदान गरेर दर्जनौको ज्यान बचाउन सहयोग पुरयाउनुभएको छ ।अग्रवाल तीन तीन महिनामा रक्तदान गर्नुहुन्छ । प्राकृतिक प्रकोपको समयमा रातदिन नभनि उद्धार र राहतमा खटनुभएको छ । कोरोना कहरका समयमा उहाँ उल्लेख्य रुपमा सेवामूखी कार्यमा अग्रसर हुनुभयो ।
सन २०१४ मा पत्रकार मञ्च दमकका कार्य समिति सदस्य निरज अग्रवालले पेटमा टयुमर पलाएर उपचार नपाएका खजुरगाछीका एक जना बालकको बिषयमा समचार बाहिर ल्याएपछि पत्रकार बिष्णु पोखरेलले फेसबुकमा ती बालकको उपचारका लागि आग्रह गर्नुभयो । तत्काल लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टका दमकका तत्कालिन अध्यक्ष अजय अग्रवालले आफनो गाडी पठाएर उपचारका लागि दमक ल्याउनुभयो र उपचारमा सहयोग गर्नुभयो । यो त एक उदाहरण मात्र हो मानवीय सहयोग आवश्यक परेका बेला दमक क्षेत्रमा अजय अग्रवाललाई सम्झने गरिन्छ । सहयोगका लागि अग्रवाल सदैब तत्पर हुनुहुन्छ । 
अजय अग्रबालले गर्नुभएका अन्य केहि कामहरु ः
लायन्स क्लबले संचालन गरेर बन्द भएको पाथीभरा नेत्रालय दमकलाई पूनः संचालन गराउनुभएको ।
रुख बिरुवा रोप्ने र हेरचाह हुर्काउने कार्यमा अगुवाई ।
कोभिडको समयमा लायन्स आम्दा आकष्मिक कक्ष निर्माणमा महत्वपूर्ण योगदान ।
दुर्गम ठाँउहरुमा स्वास्थ्य शिबिर,आँखा सिबिर लगायतका कार्यक्रम सञ्चालनको अगुवाई ।
सन २०१४ मा क्लब प्रेसिडेन्ट हुदाँ सिक्किममा भएको क्याबिनेट बैठक उहाँकै अगुवाइमा होष्ट गरिएको ।
आफू क्लब प्रेसिडेन्ट हुदाँ आफू लगायत पाँच जनापदाधिकारीलाई अमेरिकामा भएको अन्तराष्टिय सम्मेलनमा सहभागि गरानुभएको ।
-
-
-
-
-
सहकारीको ३४ लाख चोरी, कर्मचारी प्रहरी नियन्त्रणमा
-
Laboriosam facilis cumque fugiat saepe
-
एक्लो मानिसको कथा
-
नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति...
-
अब मिक्लाजुङमा नै प्लस टु मा विज्ञान र व्यवस्थापनका विष...
-
मैत्रीपूर्ण डाेरितान खेलमा बंगलादेशलाई हराउदै नेपाल बि...
-
करदाता शिक्षा तालिम सम्पन्न
-
उर्लाबारी बहुमुखी क्याम्पसमा नेबिसघ विजयी अनेरास्ववियुक...
-
कोशीमा १५ बर्षिय बालिका बेपत्ता , खोजि कार्य हुँदै