शिक्षामा लगानी बिषयक अन्र्तकृया कार्यक्रम सम्पन्न
-
NayaNaya Khabar
- 1341 दिन अगाडि
मधुमल्ला÷ मोरङको मिक्लाजुङ गाउँपालिकमा बुधबार शिक्षामा लगानी बिषयक अन्र्तकृया कार्यक्रम सम्पन्न भएको छ । मिक्लाजुङ गाउँपालिकाको सभाहलमा बुधबार सम्पन्न कार्यक्रममा नेपालमा भइरहेको शिक्षाको अवस्था, सुधारका पक्ष र गुणस्तरीय शिक्षाका बिष्यमा अन्र्तकृया कार्यक्रम सम्पन्न भएको हो । एनसिई नेपालको आयोजनामा भएको उक्त अन्र्तकृया कार्यक्रमको सहजीकरण एनसीई नेपालका मोरङ जिल्ला संयोजक बिनोद भण्डारीले गर्नु भएको थियो ।
कार्यक्रममा मिक्लाजुङ गाउँपालिकाको शैक्षिक अवस्था , स्थानीय तह कार्यान्वयन पस्चात स्थानीय सरकारले शिक्षमा गरेका कार्य हरु साथै सार्वजनीक शिक्षामा लगानी स्थानीय तहका चुनौती र प्रयासहरुको बारेमा मिक्लाजुङ गाउँपालिकाका शिक्षा शाखा अधिकृत कांशिनाथ खनालले प्रष्ट पार्नु भएको थियो ।
साथै पछिल्लो ६ बर्षमा मिक्लाजुङ गाउँपालिकामा सामुदायिक विद्यालयमहरुमा बिद्यार्थीहरुको क्रमश संख्यात्मक बृद्धी हुदै गएको समेत कार्यक्रममा जानकारी दिईएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मिक्लाजुङ गाउँपालिका अध्यक्ष बबीकुमार राईले शिक्षा समाजको ज्योती भएकाले मिक्लाजुङ गाउँपालिकाको शिक्षा बिकासमा मिक्लाजुङ गाउँपालिका गम्भिर भएर अगाडी बढेको बताउनु भयो । साथै पालिकाले यस क्षेत्रको शिक्षालाई पहिलो प्राथमीकतामा राखेको अध्यक्ष राईले बताउनु भयो
कार्यक्रममा मिक्लाजुङ गाउँपालिका क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्र.अ. तथा प्रतिनीधीहरु साथै मिक्लाजुङ गाउँपालिकाका ९ वटै वडाका वडाध्यक्षहरु , प्रमुख प्रशासकीय अधिकृत होम प्रसाद पौडेल र मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष दीनेश पौडेलको सहभागीता रहेको थियो
-
-
-
-
-
कर्मचारी नै चोर भएको भन्दै किटानी जाहेरी, आर्थिक अनिमित...
-
दैनिक १८ घन्टा मन्त्रालयमा बसेर काम गर्छुः खेलकुद मन्त्...
-
मदन भण्डारी राजमार्ग : समस्या रहेका क्षेत्रमा बिकल्प प्...
-
उतरि मोरङको दुर्गम भनेर चिनिने रमितेमा पर्यटनको बृद्धि
-
मायाको बारीमा प्रीति को फूलहरू सङ्गाली राखेको कुसुमे रु...
-
भुकम्प प्रभावितलाई मिक्लाजुङ गाउँपालिकाको सहयोग
-
उत्कृष्ट युवा पत्रकारिता पुरस्कार–२०७९’ बाट कुशलभ केसी...
-
कर्फ्युपछि नेपालगञ्ज शान्त
-
उपाध्यक्ष संग जेष्ठ नागरीक स्वास्थ्य कार्यक्रम सम्पन्न