चीन पुगे प्रधानमन्त्री दाहाल
-
NayaNaya Khabar
- 937 दिन अगाडि
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन पुगेका छन्। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर न्यूयोर्कबाटै प्रधानमन्त्री चीन पुगेका हुन्। प्रचण्डले आजै चीनका राष्ट्रपति सि जिनपिङसँग भेटवार्ता गर्नेछन्। १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन राष्ट्रपति सी हाङजाओमा रहेको र प्रधानमन्त्री पनि त्यही जान लागेकाले आजै भेट्ने तालिका तय भएको हो। नेपाली समयअनुसार आज बिहान १० बजे हाङजाओ विमानस्थलमा चीनका विदेशमन्त्री वाङ यीले प्रचण्डलाई स्वागत गर्नेछन्।
त्यसपछि दिउँसो सँगै खाना खाने क्रममा एउटा रिसोर्टमा उनीहरूबीच भेटवार्ताको तालिका छ। त्यसपछि अपरान्ह ४ बजे द्विपक्षीय भेटवार्ता हुनेछ। प्रचण्ड आइतबार मात्रै राजधानी बेइजिङ पुग्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड र चिनिया समकक्षी ली छियाङबीच सोमबार द्विपक्षीय भेटवार्ता हुने तालिका छ। एक साता चीनमा बिताउने प्रधानमन्त्री असोज १३ गते शनिबार स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ।
-
-
-
-
-
कुल बजेटको ३१ प्रतिशत हिस्सा आन्तरिक स्रोतबाट व्यबस्था...
-
मधुमल्लामा राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सव स...
-
पन्चमी सिमसार को लागि मिक्लाजुङ मा श्रमदान
-
सहकारीको ३४ लाख चोरी, कर्मचारी प्रहरी नियन्त्रणमा
-
Culpa proident quia reprehenderit sed quis qui distinct...
-
वडा स्तरीय भलिवल प्रतियोगिताको उपाधि वडा नं. ७ लाई
-
दाहालले पाएनन् विश्वासको मत, प्रधानमन्त्रीबाट पदमुक्त
-
पत्रकार निरौलालाई सिर्जनशील पत्रकारिता
-
मिक्लाजुङ गाउँपालिकाको दास्रो गाउँसभा तथा ११ औं अधिवेशन...